डोटीमा धुवाँ रहित फलामे चुलो बितरण 

sasas
sasas
August 24, 6:54

डोटीको पुर्बिचौकी गाउपालिका वडा नंः २ बगलेकमा ४ सय ७२ धुवाँरहित फलामे चुलो वितरण गरियको छ । 
मानविय सेवामा अनेकौ प्रयास कैलालि को ८५ लाख बरावरको आर्थिक सहयोगमा उक्त धुवाँरहित चुलो वितरण गरिएको हो ।
धुवाँले मानव शरिरका विभिन्न अंगमा फोक्सोको रोग, बाल–बच्चालाई निमोनिया,आखामा पनि विभिन्न किसिमका रोग लाग्ने भएकाले उक्त रोगबाट बच्न र घरमा समयपनि बचत र दाउराकोपनि कम खपत हुने र महिला दिदि वहिनीहरु को कार्य वोझमा कमि ल्याउने उद्देश्यले उक्त धुवाँरहित चुलो वितरण गरेको संस्थाका अध्यक्ष तथा समाज सेवि भक्तराज जोसिले वताउनुभयो। 
मानवीय सेवामा अनेकौ प्रयास कैलालिका अध्यक्ष भक्तराज जोशिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम का प्रमुख अतिथि पुर्बिचौकी गाउपालिका वडा नंः २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला, बिशिस्ट अतिथीमा खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्याय, बिशिस्ट अतिथीमा साइन नेपालका कोषाध्यक्ष मेघराज भट्ट रहनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि को आसन वाट बोल्दै वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले हामिलाइ सहयो गर्ने  संस्थालाइ हृदय देखि सम्मान गर्दै पुरा वडाका सवै टोलका घर धुरिमा चुलो जडान गरि निकट भविष्यमै बगलेकलाइ धुवा रहित वडा घोषणा गर्ने बताउनुभयो।

यस्तै कार्यक्रममा बोल्दै साइन नेपालका कोषाध्यक्ष भट्टले मानविय सेवामा हामि निरन्तर लागि रहेका छौ तपाइँ हरुले यस्को सदुपयोग गरेको देखेमा हामि खुसि हुनेछौ भन्दै धन्यवाद व्यक्त गर्नु भयको थियो भने खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्यायले यो धुवाँ रहित चुलोले स्वास्थ्य समाज र स्वच्छ वातावरण मा सहयोग पुर्याइ वनजंगल फडानीमा पनि कमि ल्याउने धारणा व्यक्त गर्नुभको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा