अब डोटीबाट धनगढी १८ मिनेटमै, शुक्रवारबाट सुरु भयो धनगढी– दिपायल हवाई सेवा
October 16, 3:35
धनगढी – लामो समयदेखि बन्द रहेको डोटीको दिपायल विमानस्थलबाट शुक्रवारबाट नियमित उडान सुरु भएको छ। धनगढीलाई मुख्य प्वाइन्ट बनाई समिट एयरलाइन्सले आजदेखि नियमित उडान सुरु गरेको हो । धनगढीबाट एडीभि ट्राभलको सहजीकरणमा उक्त सेवा आजबाट सुचारु भएको हो ।
अबदेखि धनगढीबाट बिहान १०ः३० बजे उडान भर्ने समिट एयरले र डोटीबाट ११ः३० मा उडान भर्ने छ। नियमित हवाई उडान हुने सुरु भएपछि डोटेलीहरूले खुसी व्यक्त गरेका छन्। शुक्रबार धनगढीदेखि १६ जना यात्रु लिएर आएको उक्त विमानले डोटीबाट १३ जना यात्रु लिएर गएको छ।
हाललाई उक्त एयरलाइन्सले धनगढी–डोटी यात्राका लागि ३२ सय रुपैयाँ भाडा दर तोकेको छ। विमान मार्फत डोटीदेखि धनगढी जान चाहने व्यक्तिहरूले दिपायलमा रहेको होटेल रिभर साइडमा टिकटका लागि सम्पर्क गर्न सकिने उक्त एयरलाइन्सले जनाएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
April 20, 3:59
धनगढी ७ बैशाख / मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
April 15, 4:13
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा