बाढी पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग सुचारु

news
news
October 25, 5:21

धनगढी, ८ कार्तिक । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआई मार्ग सञ्चालनमा आएको छ ।

केआई मार्गको रडुवामा अबरुद्ध सडक मर्मत पछि सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए।

स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै अवरोध गरेका कारण मर्मतमा केही ढिलाई भएको बताउदै प्रमुख जिल्ला अधिकारी जोशीले स्थानीयसंगको समन्वय पछि सडक मर्मत थालिएको बताए ।

केआईसिंह मार्गको गन्यापधुरा गाउँपालिका २ रडुवाखोला–गजरौला सडक खण्डमा अहिले अस्थायी रुपमा भएपनी सडक संचालनमा ल्याएको सडक डिभिजन कुलपाते दीपायलका निमित्त प्रमुख इन्जिनियर योगेन्द्र अधिकारीले बताए । उनले हाललाई साना गाडी र डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको बताए ।

रुडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ ।

बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदलै कष्टकर यात्रा गर्न बाध्य थिए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा