मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
September 02, 2:31
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको छ । रेलले मिनिबसलाई केही मिटरसम्म घिसारेर लगेको थियो, जुन दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
चिलीको राजधानीबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेको सान पेड्रो डे ला पाज सहर नजिकै रेलवे क्रसिङमा उक्त दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
प्रहरी अधिकारीले मिनिबसमा १४ जना यात्रु सवार थिए जसमध्ये सात जनाको दुर्घटनामा मृत्यु भएको बताए । अन्य सात जना घाइते भएका छन्, जसमध्ये पाँचको अवस्था गम्भीर छ ।
चिलीको राज्य रेलवे कम्पनीले एक विज्ञप्तिमा मिनीबस रेलवे क्रसिङ पार गर्ने क्रममा दुर्घटना भएको जनाएको छ। दुर्घटना पछि रेलवे क्रसिङको सुरक्षाको समीक्षा गरिएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
October 11, 1:40
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
September 12, 1:19
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा