खेलकुद
September 25, 4:16
साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन्।
खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन्।
मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
खेलको पहिलो… विस्तृतमा
September 24, 3:41
धनगढी । कैलालीका १२ वर्षीय सिजन राना विदेशी भूमिबाट फुटबलमा उदाउनु भएको भएको छ ।
गोदावरी नगरपालिका–५ घर भई हाल अभिभावकसँग अमेरिकाको केन्टकी बस्दै आउनुभएका उहाँ विदेशमा खेलप्रेमीहरुको मन जित्न सफल भइरहनु भएको हो । फलस्वरूप विश्वका चर्चित क्लबले जुनियर टिमका लागि सिजनमाथि आँखा लगाइरहेका छन् ।
लेक्सिन्टन स्पोर्टिङ क्लबमा रहेका सिजनलाई अमेरिकाको चर्चित एमएलएस लिगका लागि एफ्सी सिनसिन्नाति क्लबले… विस्तृतमा
September 24, 3:35
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् ।
एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’
२८ भदौमा एसियाली खेलकुदमा… विस्तृतमा
September 23, 12:12
नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
शनिबार जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द निर्विरोध भएका हुन्।
यसअघि उनले अध्यक्षमा उठ्ने घोषणा गरेका थिए।
अध्यक्षको उम्मेदवार हुन ६ जना प्रस्तावक चाहिने भएकाले संख्या नपुगेपछि उनले उम्मेदवारी नै दर्ता गर्न सकेनन्।
सचिवमा चन्द प्यानलबाट राष्ट्रिय… विस्तृतमा
September 22, 4:30
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ ।
एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ ।
यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । उनी एसिया कपमा थिएनन् ।
विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य… विस्तृतमा
September 22, 4:06
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ ।
बालुवाटारस्थिति एक पार्टी प्यालेसमा भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् । उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सचिवमा भने पूर्व… विस्तृतमा
September 20, 2:42
चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ।
चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो।
पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले पराजित हुँदै बाहिरियो।
यसअघि मंगलबार भएको समूह‘बी’ को पहिलो खेलमा… विस्तृतमा
September 19, 5:46
धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार कराते खेलाडीलाई सम्मान गरेको छ ।
गत वर्ष पर्वतको कुश्मामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कराते प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री झपट बहादुर साउदले नगदसहित सम्मान गरेका हुन् ।
स्वर्ण पदक बिजेता आनन्द कामी र प्रतियोगितामा ३ वटा कास्य पदक जितेकी बर्षा साउदले सम्मान स्वरुप १५… विस्तृतमा
September 19, 2:36
काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू १९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।
एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् ।… विस्तृतमा
September 12, 2:27
काठमाडौं,२६ भदाै । भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल एक्समा आईसीसी एसिया क्रिकेट नामक ह्यान्डलबाट ललितबारे भएको पोस्टमा प्रतिक्रिया दिँदै ब्याट दिने बताएका छन्।
उक्त पोस्टमा ललितले हालैको एक अन्तर्वार्तामा आफूसँग नेटमा अभ्यास गर्नका लागि ब्याट भएको तर अन्तर्राष्ट्रिय खेलका लागि राम्रो ब्याट नभएको… विस्तृतमा
September 11, 8:59
काठमाडौँ,२५ भदौ । वर्षाका कारण अवरुद्ध भएको भारत र पाकिस्तानबीचको खेल आज पुनः हुने भएको छ।
भारतले हिजो २४ ओभर एक बलमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो। आज दिउँसो ३ः१५ मा यही अवस्थामा खेल शुरू हुनेछ।
जारी एशिया कपमा वर्षाको पूर्वानुमानसँगै भारत र पाकिस्तानबीचको ‘सुपर फोर’को खेल र फाइनल खेलका लागि ‘रिजर्भ डे’को व्यवस्था गरिएको छ। जस अनुसार आज रिजर्भ डेमा खेल हुन लागेको हो।
तर, आज पनि… विस्तृतमा
September 10, 10:55
काठमाडौँ,२४ भदौ । एशिया कपको ‘सुपर फोर’ अन्तर्गत आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
नेपाली समय अनुसार दिउँसो ३स्१५ बाट खेल शुरू हुनेछ। तर, आजको खेल वर्षाले अवरुद्ध हुने सम्भावना रहेको छ। आज खेल हुने कोलम्बोको आर। प्रेमदास क्रिकेट रंगशाला क्षेत्रमा वर्षाको सम्भावना ९० प्रतिशतसम्म रहेको छ।
भारत र पाकिस्तानबीचको यसअघि समूह चरणको खेल पनि वर्षाका कारण पटक पटक अवरुद्ध भई रद्द भएको थियो।… विस्तृतमा
September 06, 6:43
धनगढी,२० भदौ । सुदूरपश्चिम प्रदेशको डोटीमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
दिल्पेश्वर स्पोर्टस् क्लबले दिपायल सिलगढी नगरपालिका वडा ३ दिल्पेश्वर मठ खेल मैदानमा क्रिकेट खेलाईने प्रतियोगिताका संयोजक तेजराज मेधासीले जानकारी दिए ।
खेल असोज २७ गते देखि कात्र्तिक ३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
September 06, 11:59
काठमाडौं,२० भदौ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किने भएको छ ।
नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ । एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल… विस्तृतमा
September 05, 6:04
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिमका लागि एसिया कप एउटा सुरुवात रहेको भन्दै आगामी दिनमा यो भन्दा राम्रो प्रदर्शन गर्ने बताएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले एसिया कपबाट सुरु भएको यात्रा आगामी दिनमा यात्रा जारी रहने लेखेका छन् ।
‘यस प्रतियोगितामा हामीले आफ्नो तर्फबाट सक्दो उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गर्यौं र यात्रा जारी छ । हामी… विस्तृतमा