खेलकुद
September 05, 8:13
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।
श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र… विस्तृतमा
September 04, 7:55
धनगढी,१८ भदौ । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ ।
एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए ।
अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप… विस्तृतमा
September 04, 7:29
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध भिडिरहेको नेपालले सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरेको छ ।
नेपालले ४१ ओभरमा ७ विकेट गुमाएर २०२ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच ५० रनको साझेदारी भइसकेको छ।
ऐरी २९ रन बनाएर आउट भएका छन् । उनलाई हार्दिक पाण्ड्याले आउट गरेका हुन् ।
September 04, 6:36
धनगढी,१८ भदौ । इतिहासमै पहिलोपटक भारतको राष्ट्रिय क्रिकेट टीमसँग भिड्ने अवसर पाएको नेपालले सम्मानजनक प्रदर्शन गरिरहेको छ । वर्षाले खेल अवरुद्ध हुनुअघि नेपालले ६ विकेटको क्षतिमा १७८ रन जोड्न सफल भयो ।
नेपालका ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिएका थिए । उनीहरुबीच ९.५ ओभरमै ६५ रनको साझेदारी भयो । कुशलले विष्फोटक अन्दाजमा खेल्दै २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।
कुशल… विस्तृतमा
September 04, 5:43
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले ३२ औं ओभरको पाँचौं बलमा गुल्सन झालाई गुमाएको हो । २३ रनमा खेलिरहेका गुल्सनलाई मोहम्मद सिराजले आउट गरे ।
नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।
भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र सार्दुल… विस्तृतमा
September 04, 5:25
धनगढी,१८ भदौ। एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।
नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए ।
नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद… विस्तृतमा
September 04, 5:11
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
जारी खेलमा आसिफ ५० रनमा खेल्दैछन् । नेपालले २७।२ ओभरमा ४ विकेट गुमाएर ११३ रन जोडेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले १०औं अर्धशतक बनाएका हुन् ।
४४ खेल खेल्ने क्रममा उनले एउटा शतक पनि बनाएका छन् । आसिफले भारतविरुद्ध ८८ बलमा अर्धशतक पूरा गर्दै ७ चौका प्रहार गरेका… विस्तृतमा
September 04, 4:56
धनगढी,१८ भदौ। एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ ।
नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् । नेपालले २२ ओभरमा ४ विकेट गुमाएर १०२ रन जोडेको छ ।
September 04, 4:51
एसिया कपमा नेपालले भारतविरुद्ध १ सय रन कटाएको छ।
श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २१.३ ओभरमा ३ विकेटको क्षतिमा १ सय रन पूरा गरेको हो।
क्रिजमा आशिफ शेख ४४ र कुशल मल्ल २ रन बनाएर खेलिरहेका छन्। नेपालले तेस्रो विकेटको रुपमा २० औं ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।
१६ औं ओभरको अन्तिम बलमा रविन्द्र जडेजाको बलमा भिम… विस्तृतमा
September 04, 4:47
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । उनलाई रवीन्द्र जडेजाले आउट गरे । नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।
भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको… विस्तृतमा
September 04, 4:33
धनगढी,१८ भदौ। एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ७७ रनमा दोस्रो विकेट गुमाएको छ ।
१६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे ।
त्यसअघि नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । कुशल भुर्तेलले ३८ रन बनाए भने आसिफ शेख २८ रनमा खेल्दैछन् ।
September 04, 4:16
काठमाडौं,१८ भदौ। सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् । ‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।
September 04, 4:13
धनगढी,१८ भदौ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका कुशल भुर्तेलले एक हजार रन पूरा गरेका छन् । यस्तो सफलता हात पार्ने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् ।
एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् । भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।
September 04, 4:08
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।
अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।
नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।
September 04, 2:26
काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले स्थापित टिमसँग पनि एसोसियट टिमसँगको जस्तै बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् ।
एसिया कप क्रिकेटमा भारतसँगको खेलअघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।
‘उनीहरुसँग ५० वर्षभन्दा लामो… विस्तृतमा