खेलकुद
September 04, 10:44
जनकपुरधाम,१८ भदौ । आज श्रीलंकामा हुने एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ ।
उपमहानगरको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै… विस्तृतमा
September 04, 10:20
धनगढी,१८ भदौ । आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । यसअघि नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेको थियो ।
समूह ए बाट… विस्तृतमा
September 04, 9:38
धनगढी,१८ भदौै । एसियाकपको समूहचरणको अन्तिम खेलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दै छ। भारत विरुद्धको खेल नेपालका लागि जति अर्थपूर्ण छ भारतका लागि झनै महत्वपूर्ण बनेको छ। पाकिस्तानसँग अङ्क बाँडेसँगै भारतलाई अघिल्लो चरण पुग्न खेल रद्द या जित आवश्यक छ। नेपाललाई भने जितबाहेकको विकल्प छैन। श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रंगशालामा भोलि सोमबार हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र… विस्तृतमा
September 03, 11:21
सोमबारदेखि साउदी अरेबियाको राजधानी रियादमा विश्व भारोत्तोलन च्याम्पियनसिप सुरु हुँदै छ । भारोत्तोलनको विश्व च्याम्पियनसिपमा नेपाल १६ वर्षपछि सहभागी हुँदै छ । नेपालका लागि संयोग यो छ कि प्रतिस्पर्धामा जाने सबै पुरुष खेलाडी एउटै वडाका छन् । अर्को संयोग प्रशिक्षक पनि उनीहरूकै पालिकाका हुन् ।
पुरुषतर्फ सहभागी विकास भट्ट, विशाल सिंह विष्ट र सागर भण्डारी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका हुन्… विस्तृतमा
September 02, 9:13
काठमाडौँ,१६ भदौ । एसिया कपअन्तर्गत तेस्रो खेल आज (शनिबार) भारत र पाकिस्तानबीच हुँदैछ। श्रीलंकाको पल्लेकले अन्तर्राष्ट्रिय मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल हुनेछ।
भारत र पाकिस्तानबीचको क्रिकेट खेल बहुप्रतिस्ठाबो विषय बन्दै आएको छ। पाकिस्तान पछिल्लो समय एक दिवसीय क्रिकेटमा विश्वकै एक नम्बर टिम हो भने भारत टेस्ट तथा टी–२० क्रिकेटमा विश्वको एक नम्बर टिम हो। पाकिस्तानले भारतसँगको… विस्तृतमा
September 02, 9:04
काठमाडौं,१६ भदौ। बाग्मती प्रदेश क्रीकेट संघको अध्यक्षमा नेपाल क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का बिजयी भएका छन।
शनिबार सम्पन्न प्रदेश क्रीकेट संघ बाग्मतीको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी उमेश पियालाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन। ने
आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।
September 02, 8:56
धनगढी,१६ भदौ । कैलालीको अत्तरियामा लोटस आई क्रिकेट कप हुने भएको छ । लोटस आई अँग्रेजी सेकेन्डरी स्कुल को प्रायोजनमा लोटस आई क्रिकेट कप प्रतियोगिता हुन लागेको हो ।
आयोजक अत्तरिया किर्केट क्लबले पत्रकार सम्मेलन को आयोजना गरि प्रतियोगिता को बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि ट्वान्टी प्रतियोगिता असोज १७ देखि २६ गते सम्म आयोजना हुने जानकारी दिए ।
प्रायोजक… विस्तृतमा
September 01, 2:25
काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएको छ ।
मलेसियाको क्वालालम्पुरमा बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्यो । नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन बनाइन् । बहराइनले १३ अतिरिक्त रन दियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५ ओभर ४ बलमा ३१ रनमै अलआउट भयो । बहराइनका… विस्तृतमा
August 30, 7:13
धनगढी,१३ भदौ। एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।
कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य दिएको हो । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन जोड्यो । पाकिस्तानका कप्तान बाबर आजमले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए… विस्तृतमा
August 30, 6:24
धनगढी,१३ भदौ । एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानी कप्तान बाबर आजमले शतक हानेका छन् । उनको यो एकदिवसीय क्रिकेटमा १९ औं शतक हो ।
बाबरको शतकको मद्दतमा पाकिस्तान बलियो स्कोरतर्फ अघि बढेको छ । उनले इफ्तिकार अहमदसँग आक्रामक साझेदारी गरिरहेका छन् । इफ्तिकार विष्फोटक रुपमा देखिएका छन् ।
बाबरले १०९ बलमा सतक पुरा गरेका हुन् । उनले १० चौका प्रहार गरिसकेका छन् । नेपालको खराब फिल्डिङले उनलाई… विस्तृतमा
August 30, 5:18
धनगढी । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले चौथो विकेट गुमाएको छ ।
पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
यस्तै सन्दीपको बलमा आगा सलमान १४ बल खेल्दै ५ रनमा क्याच आउट भएका छन ।
August 30, 5:09
धनगढी,१३ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।
पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् । खेलमा यो… विस्तृतमा
August 30, 3:57
धनगढी । पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए ।
छैर्टौं ओभरको तेस्रो बलमा करण केसीले फकारलाई विकेट किपरको हातबाट क्याचआउट गराएका थिए । लगत्तैको ओभरमा इमाम पनि पेभिलियन फर्किएका छन् । सोमपाल कामीको बलमा रन लिने प्रयास गर्दा रोहित पौडेलले उत्कृष्ट थ्रो गर्दै इमामलाई रन आउट गराएका हुन् ।
पाकिस्तान २७ रनमा दोस्रो विकेट… विस्तृतमा
August 30, 3:01
धनगढी ,१३ भदौ । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो । नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । नेपालले पाकिस्तान बाहेक भारतसँग पनि खेल्ने छ।
पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्।
August 30, 2:29
काठमाण्डौ,१३ भदौ । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज बुधवार दिउँसो २ बजेपछि विद्यालयमा बिदा दिएको छ ।
उपमहानगरपालिकाको शिक्षा शाखाका वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर दिउँसो २ बजेपछि विद्यालय बन्द भएको जानकारी दिनुभएको हो । नेपाली टिमको हौसला बढाउन र विद्यार्थीलाई खेलप्रति ऊर्जावान् भावना जागृत गराउनका लागि यस्तो गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
आजदेखि शुरु… विस्तृतमा