कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्डः कैलाली उद्योग वाणिज्य संघको साथ

KCC
KCC
December 29, 1:57

धनगढी, पुस १३ - 
धनगढीमा हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डलाई कैलाली उद्योग वाणिज्य संघले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डलाई उद्योग वाणिज्य संघले प्रवद्र्धको रुपमा साथ दिएको हो । उद्योग वाणिज्य संघलाई अवार्डमा प्रवद्र्धकको रुपमा स्थान दिईनेछ । कैलाली उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष पुष्पराज कुँवर र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सदस्य विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापछि वोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिममा नयाँ अभ्यासको थालनी भएकोमा खुसी व्यक्त गर्दै अवार्डमा निजि क्षेत्रको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत सवै निजि क्षेत्रलाई अवार्डमा जोडिन आग्रह गर्नुभयो ।
कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका छन् । त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।
मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका गौरीगंगा नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ । त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार डिजिटल पाटर्नरको रुपमा रकस्टार मिडिया र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका छन । धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा