सुदुरपश्चिम स्पोर्टस अवार्डः मेरो श्रृंगार मेकअप पाटर्नर रकस्टार मिडिया डिजिटल पाटर्नर

Sports Awards
Sports Awards
December 29, 2:01

धनगढी, १२ पुस - 

धनगढीमा हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको मेकअप पाटर्नरमा मेरो श्रृंगार र डिजिटल पाटर्नरमा रकस्टार मिडिया भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डको मेकअप पाटर्नरमा मेरो श्रृंगार र डिजिटल पाटर्नरमा रकस्टार मिडियासँग सम्झौता गरिएको हो ।

मेरो श्रृंगारलाई मेकअप पाटर्नर र रकस्टार मिडियालाई डिजिटल पाटर्नरको रुमा अवार्डमास्थान दिईनेछ ।

मेरो श्रृंगारको तफैबाट सञ्चालक सुरेन्द्र श्रेष्ठ र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट अवार्डका प्राविधिक संयोजक जितेन्द्र रावल सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका छन् ।

त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका छन् ।

मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेको छ भने प्रवद्र्धकको रुपमा घोडाघोडी नगरपालिका सहित सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेको छ ।

त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार डिजिटल पाटर्नरको रुपमा रकस्टार मिडिया र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका छन ।

धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा