नेपाली क्रिकेटका एक नक्षत्र अस्ताए

Keshav-singh
Keshav-singh
January 03, 6:36

धनगढी, १८ पौष – डडेल्धुराको आलिताल गाउँपालिका–६ का क्यान्सरपीडित क्रिकेटर केशव सिंहको निधन भएको छ। सिंहको २७ वर्षकै कलिलो उमेरमा डडेल्धुरामा निधन भएको हो। धनगढीको बोराडाँडीमा दिदीको घरमा बस्दै आएका उनी केही दिन अगाडि मात्रै पहाड घर डडेल्धुरा आएका थिए। त्यसअघि दिल्लीमा उपचारका लागि गएका उनलाई बचाउन समस्या भएको भन्दै घर फर्काइएको थियो।

कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुँदै आएको थियो। उनको भारतको राजधानी दिल्लीस्थित राजिब गान्धी अस्पतालमा लामो समय सम्म उपचार भएको थियो।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सुदूरपश्चिममा उनलाई बचाउन अभियानसमेत थालिएको थियो। उनले डडेल्धुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा