कलिलैमा अस्ताएका क्रिकेटर सिंहको सम्झनामा दीप प्रज्वलन

Keshab Singh
Keshab Singh
January 04, 7:59

धनगढी, १९ पौष – डडेलधुराको आलिताल गाउँपालिका–६ का क्यान्सर पीडित क्रिकेटर स्वर्गीय केशव सिंहको सम्झनामा  दीप प्रज्वलन गरिएको छ । 
सिंहको २७ वर्षकै कलिलो उमेरमा हिजो डडेल्धुरामा निधन भएको थियो । उनको  सम्झनामा आज  यस क्षेत्रका क्रिकेट प्रेमीहरूले धनगढीको पार्क मोडमा जम्मा भएर दीप प्रज्वलन गरिएको जिल्ला खेलकुद विकास समिति कैलालीका क्रिकेट कोच ज्ञानेन्द्र दडिमाना क्षेत्रीले बताए । सिंहको निधनले नेपाली क्रिकेट जगतलाई अपूरणीय क्षति भएको क्षेत्रीको भनाइ छ। 
धनगढीको बोराडाँडीमा दिदीको घरमा बस्दै आएका उनी केही दिन अगाडि मात्रै पहाड घर डडेल्धुरा गएका थिए। त्यसअघि दिल्लीमा उपचारका लागि गएका उनलाई बचाउन समस्या भएको भन्दै घर फर्काइएको थियो।
कलेजो र फोक्सोको क्यान्सरबाट पीडित सिंहको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुँदै आएको थियो। उनको भारतको राजधानी दिल्ली स्थित राजीव गान्धी अस्पतालमा लामो समय सम्म उपचार भएको थियो।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सुदूरपश्चिममा उनलाई बचाउन अभियानसमेत थालिएको थियो। उनले डडेलधुराबाट विभिन्न समयमा क्षेत्रीय क्रिकेट प्रतियोगिता खेलेका थिए।

Keshab Singh

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा