कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु भएको भन्दै शिक्षकलाई १० वर्षको जेल सजाय

Kanchanpur  Disctict Court
Kanchanpur Disctict Court
January 28, 1:37

कञ्चनपुर, १४ माघ – कञ्चनपुर जिल्ला आदतलाले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ । जिल्लाको भीमदत्त नगरपालिका १७ मझगाउँ स्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा आदतलाले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको हो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित अन्य दुई शिक्षकलाई सपाइ दिएको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोमबार शिक्षक लक्ष्मण दत्त भट्टलाई १० वर्ष कैद फैसला गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरजप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी र शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सपाइ दिएको छ ।
बैतडीको शिवनाथ गाउँपालिका २ सर्मली घर भएका कलौनी मझगाउँस्थित मामाघरमा बसेर पढ्दै आएका थिए । कक्षा ९ मा अध्ययनरत कलौनी असार १० गते गाउँमै विद्यार्थी बिच भएको झगडाको विषयलाई लिएर असार १३ गते विद्यालयमा प्रिन्सिपल सहितका शिक्षकले कुटपिट गरेको भन्दै पीडित परिवारले मुद्दा दायर गरेका थिए ।
मृतक माधवका मामा पुष्पमणि जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरजप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी सहित सहित तीन शिक्षक विरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए । सात महिनामा यस मुद्दाको फैसला भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । १० वर्ष सजाय तोकिएका शिक्षक भट्टले पुनरावेदन गर्न पाउने छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा