कोरोना भाइरसको संक्रमण भित्रिन नदिन धनगढी बिमानस्थलमा हेल्थ डेस्क

Corona
Corona
February 14, 4:52

धनगढी २ फागुन - कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमा हेल्थ डेस्कको स्थापना गरेको छ ।

कैलाली, कञ्चनपुरका बिभिन्न सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको मन्त्रालयले शुक्रबार धनगढी बिमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरेको हो ।

बिषेशगरी चिन तथा थाइल्याण्ड लगायतका अन्य मुलुकबाट स्वदेश फर्किने नागरिकलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना गरिएको मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले जानकारी दिए । उनले हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मी राखेर शंकास्पद व्यक्तिहरुको चेकजाँच गरिने बताए । बिमानस्थलमा कोरोना भाइरसका संकास्पद ब्यक्ती भेटिएमा तुरुन्त सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार गर्नका लागी छुट्टै कक्षको समेत स्थापना भइसकेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार सामाजिक बिकास मन्त्रालयले पुर्व सतकर्त अपनाउँदै हेल्थ डेस्क स्थापना गरिरहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिहं काकीले बताए । उनले हेल्थ डेस्क स्थापना गरिएका स्थानमा उपकरणसहित दुई/दुई जना स्वास्थ्यकर्मी खटाइएको समेत जानकारी दिए ।

Prevention Corona

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा