प्रदेश सभामा कवितामार्फत सरकारप्रति सांसदको व्यंग्यः ‘सफलताको चाङ’(भिडियोसहित)

Krishna B Chaudhari
Krishna B Chaudhari
February 16, 6:32

धनगढी, फागुन ४ – आइतवार सुदूरपश्चिम प्रदेश सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। त्यस क्रममा ७ जना सांसदहरुले आफ्नो धारण राखे। धारणा राख्ने क्रममा सत्ता र २ प्रतिपक्षी गरी तीन वटै दलका सांसदहरुले सरकारको कार्यशैलीलगायतका अन्य विषयमा असन्तुष्टी पोखे।
सोही क्रममा राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद कृष्ण बहादुर चौधरीले फरक तरिकाले सरकारलाई व्यंग्य गरे। उनले आफ्नो धारणा राख्नुपूर्व कवितामार्फत सरकारलाई तीखो व्यंग्य गरे।
प्रदेश सरकारले विगत दुई बर्षमा गर्ने भनेर अघि सारेका विभिन्न असफल योजना तथा अनियमितताका मुद्दाहरुमा केन्द्रित रहेर उनले ‘सफलताको चाङ’ शीर्षकको कविता सुनाएका थिए।

‘सफलताको चाङ’

चुरेको जंगल फडानी गर्ने गरी राजधानी बनाउने निर्णय गरायो
यातायातको सुविधा दिई प्रदेश बस सञ्चालनमा ल्यायो

सफलतै सफलता प्राप्त गर्‍यो सुदूरलाई समृद्ध गरायो
दुई वर्ष नपुग्दै शान्ति, सुशासन र विकासको चाङ लायो

एक घर पाँच फलफूल बोट वितरण गरी पूर्ण फलफूल आयात सुदूर बनायो
महँगो मीठामीठा फलफूल किन्नबाट सुदूरलाई मुक्त गरायो

गरीमा धान पीडित किसानलाई राहत दिई किसानको घाउमा मल्हम लगायो
दुधालू गाई भैँसी फर्म खोली तीस लाख जनतालाई प्रशस्त दुध पिलायो

कुनै पनि प्रदेशमा नभएको अग्लो, लामो सुविधा सम्पन्न एम्बुलेन्स सुदूरमा भित्र्यायो
विरामी बोक्ने सवारी साधनमा जंगली जनावर ओसार्न मद्दत पुर्‍यायो

७ जना सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरएपछि आइतवारको प्रदेश सभा बैठकमा प्रदेशको साझेदारी व्यवसाय दर्ता सम्बन्धी विधेयकमा संसदीय समितिमा भएको दफावार छलफल पछिको प्रतिवेदन पेश भएको छ। प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिमा चलेको दफावार छलफलपछिको प्रतिवेदन समितिका सभापति हर्कबहादुर कुँवर गोविन्दले सभामा प्रस्तुत गरेका थिए।

प्रदेश सभाको अर्को बैठक सोमवार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा