त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु

Trishuli
Trishuli
February 23, 12:13

धादिङः त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । यस्तै सहचालक घाइते भएका छन् । नदीमा ट्रक खस्दा चालक बिखे थोकरको मृत्य भएको हो । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी–२ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते सहचालक सप्तरी रुपनगरका राजेश विक भने उपचारपछि घर फर्किएका प्रहरी नायब उपरीक्षक (डीएसपी)  रुपक खड्काले जानकारी दिए । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा