सुदुरपश्चिम खप्तड गोल्डकपः आयोजक सुप ११ सेमिफाईनलमा

Khaptad Online
Khaptad Online
February 25, 6:47

धनगढी, १३ फागुन – आयोजक सुदूरपश्चिम ११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाईनलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको हो । पहिलो चरणमा वाई पाएर क्वाटरफाईनल पुगेको सुदुरपश्चिम–११ भारतको कञ्चनजंघा फुटबल क्लबलाई ४–२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । सुदुरपश्चिमको जितमा विक्रम सिंह ठकुरीले दुई गोल गरे भने फिलिप तामाङ र दिपेश श्रेष्ठले एक एक गोल गरे । कंचनजंघाका अभिषेक दर्जी र छिरिङ तामाङले एक÷एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा विक्रमको गोलबाट घरेलु टिमले अग्रता बनायो । उद्धव खत्रीको पासमा विक्रमले डिबक्स भित्रबाट दोस्रो बारमा उत्कृष्ट गोल गरे । १९ औं मिनेटमा फिलिपले गोल गर्दै आयोजकको अग्रता २–० को बनाए । कंचनजंघाका गोलरक्षक निगम सिंह अगाडी बढेको अवस्थामा फिलिपले सहजै खाली पोष्टमा गोल गरे । खेलको २३ औं मिनेटमा विक्रमले व्यक्तीगत दोस्रो गोल गर्दा आयोजक सुदुरपश्चिम–११ ३–० ले अघि रह्यो । उनले पुन उद्धबको पासलाई सदुपयोग गरे । २८ औं मिनेटमा अभिषेकको पेनाल्टी गोलबाट कंचनजंघाले अग्रता ३–१ मा झा¥यो । सुदुरपश्चिमका धन बहादुर थापाले डिबक्स भित्र अमीर लामालाई खराब ट्रयाकल गरेपछि पाएको पेनाल्टीलाई अभिषेकले गोलमा परिणत गरे । खेलको ३९ औं मिनेट कंचनजंघाका छिरिङले गोल गर्दा पहिलो हाफ ३–२ को अवस्थामा सकिको थियो । डिबक्स नजिकै आयोजकका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई छिरिङले जाली चुमाए । खेलको ४६ औं मिनेटमा दिपेशले गोल गर्दै सुदुरपश्चिमलाई ४–२ को सहज जित दिलाए । दिपेशले गोलरक्षकसँगको वान भर्सेस वानको अवस्थामा आकर्षक गोल गरे । त्यसपछि दुवै टीमले गोल गर्ने प्रयासहरु गरे पनि सफल हुन सकेनन् । खेलको म्यान अफ दि म्याच आयोजकका बिक्रम चुनिए । उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे ।
खेलपछि प्रतिक्रिया दिदैं आयोजक सुदुरपश्चिम– ११ का प्रशिक्षक रोहित भण्डारीले सोचे अनुसारको नतिजा भएपनि खेलाडीहरु केही नयाँ भएकोले तालमेल राम्ररी मिल्न नसकेको बताउनुभयो । सवै खेलाडी बीच कम्बिनेशन राम्रो भएन् । गोलकिपर पनि घाईते भएर समस्या भयो ।, प्रशिक्षक भण्डारीले भन्नुभयो– डिफेन्स लाईन राम्रो थियो । तर धेरै खेलाडीहरुले तालमेल मिलाउन सकेनन् । अव सेमिफाईनलमा यो खेलका गल्तीहरु सुधार गरेर खेल्छौं । विभागीय टीमसँग खेल्न गाहे भएपनि आफुहरु राम्रो खेल्ने प्रशिक्षक भण्डारीको भनाई छ । कञ्चनजंघा फुटबल क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले राम्रो खेलेको भन्दै खेलको सुरुवातमा भएका गल्तीका कारण जितबाट बन्चित भएको बताउनुभयो । डिफेन्डसको गल्तीले खेलको सुरुमै तीन गोल खायौं । गोलकिपर पनि पहिलो खेलमा घाईते भएका कारण उसले राम्रो खेल्न सकेन् ।, प्रशिक्षक क्षेत्रीले भने– खेलमा फाईट ब्याक गर्दै दुई गोल फर्किएको हो । दोस्रो हाफमा सुदुरपश्चिमभन्दा वढी गोल गर्ने मौका पायौं तर फिनिसिङ भएर गोल गर्न सकेनौं । पहिलो पटक सुदुरपश्चिममा गोल्डकप खेल्न आएको भारतको कञ्चनजंघा फुटबल क्लबले उद्घाटन खेलमा वागमती युवा क्लबलाई टाईब्रेकरमा हराएको थियो । क्लबका प्रशिक्षक डिंकर क्षेत्रीले देशकै उत्कृष्ट मध्यको गोल्डकपको वारेमा युट्युवमा हेरेर प्रतियोगिता खेल्न आएको र आगामी दिनमा पनि आउने जानकारी दिनुभयो ।
अब सुदूरपश्चिम– ११ ले फाईनल प्रवेशको लागि विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो क्वाटरफाईनलमा बुधबार थ्री स्टार र नव जन जागृती क्लबबीच प्रतिस्पर्धा हुनेछ । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने दर्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।
नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा