धान कुट्ने मिलको फित्तामा साडी बेरिएर एक महिलाको मृत्यु

Death
Death
February 28, 7:51


फागुन १६ -
धान कुट्ने मिलको  फित्तामा साडी बेरिँदा एक महिलाको मृत्यु भएको छ। पर्सा जिल्लाको धोबिनी गाउँपालिका-३ हरिहरपुरमा रहेको आफ्नै घरको धान कुट्ने मिलको पट्टामा साडी बेरिएर महिलाको मृत्यु भएको हो।
मृत्यु हुने महिला स्थानीय रामनारायण ठाकुरकी ४२ वर्षीया श्रीमती ललिता देवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। धान कुटाउने सेलर मिलको फित्ता रहने फलामको सापटमा साडीको फेर बेरिएर ललिताको घटनास्थलमा नै मृत्यु भएको पर्साको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।
घटनापछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरीले घटनाको मुचुल्का बनाई शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको उनको भनाइ छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरी नायव उपरिक्षक शाहीको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा