लाटा काफली कृषि तथा पशुपन्छी फर्म उद्घाटन   

Lata Kafali
Lata Kafali
February 28, 3:19

डोटी, फागुन १६ - डोटीको शिखर नगर पालिका ११ बानेडुग्रिशैनमा लाटा काफली कृषि तथा पशुपन्छी फर्म उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच  शिखर नगर पालिकाका नगर प्रमुख सीताराम जोशीले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जोशीले फर्मलाई नमुना बनाउन सक्दो सहयोग गर्ने बताए । कृषि मर्यादित र सम्मानित पेसा भएको भन्दै  स्वदेशमै केही गर्छु भन्ने सोच भएकाहरूलाई  सहयोग गरिरहेको जोशीले बताए ।त्यस्तै सोही कार्यक्रममा बोल्दै उप प्रमुख धौली देवी रावलले कृषिमा राम्रो भविष्य भएको भन्दै कृषिलाई नै पेसा बनाएर लागेकालाई कृषकलाई प्रदेश सङ्घ र स्थानीय तहले  लगानी गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

Lata Kafali


तीस रोपनी जग्गामा सञ्चालक हर्क महराले  तरकारी खेती , बाख्रा पालन, लोकल कुखुरा , बोइलर कुखुरा, बङ्गुर  गर्ने बताए  । अहिलेसम्म २५ लाख जति लगानी लागेको महराले बताए । स्वदेशमा केही हुन्न भन्नेका अगाडि बाझो जमिनमा राम्रो काम गरेर उदाहरणीय कृषि फर्ममा रूपमा चिनाउने लक्ष रहेको उनले बताए । उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा