हजारौँ सपना बोकेर राजधानी पुगेका आशिष् अफिस नपुग्दै अस्ताए 

AAshish bhatta
AAshish bhatta
February 28, 5:02

धनगढी, फागुन १६ – गएको सोमबार कीर्तिपुरबाट रत्नपार्क चल्ने बसमा अफिस जाँदै थिए आशिष् । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खसे । त्यसपछि उपचारकै क्रममा उनको मृत्यु भएको उहाँका काका टेकराजले जानकारी दिए ।
कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष् भट्टको उपचारका क्रममा ज्यान गएको हो ।
गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
आशिष् कुलेश्वरमा रहेको आफू कार्यरत कार्यालय जाने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा