डोटीमा २४ हजार बालबालिकालाई दादुरा–रुवेला खोप लगाइँदै

Khop Abhiyan
Khop Abhiyan
March 02, 7:28

प्रकाश बम, डोटी, फागुन १९ – डोटीमा २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा – रुवेला सम्बन्धी खोप लगाइने भएको छ । सोमवार जिल्ला स्वास्थ्य कार्यालय डोटीको आयोजनामा सिलगढीमा गरिएको दादुरा रुवेला खोप सम्बन्धी पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलाशिले उक्त जानकारी गराउनु भएको हो ।
चैत्र १ गते देखि पहिलो चरणमा वोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका, वडीकेदार गाउँपालिका र केआईसिँ गाउँपालिका सञ्चालन गरिने भएको छ। त्यस्तै चैत्र १६ गते देखि दोस्रो चरणमा  दिपायल सिलगढी नगर पालिका, शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका , आदर्श गाउँपालिका र सायल गाउँपालिकामा खोप लगाइने कार्यक्रम रहेको स्वास्थ्य प्रमुख मलासिले बताए। 
उक्त अभियान सफल पार्नका लागि जिल्लाका ५ सय ११ खोप केन्द्रमा १ सय २६ स्वास्थ्यकर्मी  र १ हजार २२ स्वयम सेवक परिचालन गरिने जनाएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जोति पाण्डेले खोप लगाएर अहिले सम्म नेपालमा एक जना बालबालिकाको पनि मृत्यु नभएको बताउँदै ढुक्कका साथ आफ्ना बालबालिकालाई दादुरा रुवेला खोप नछुटाई लगाउन अनुरोध गरे । खोप नभई अन्य कारणले मृत्यु भएको भए पनि खोपका कारण भयो भनी, गलत हल्ला फैलाउने गरेको समेत पाण्डेले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सदस्य राम हरि ओझा र नेपाल पत्रकार महासङ्घ डोटीका उपाध्यक्ष धिरेन्द्र चटौतले यो अभियानलाई सफल पार्न पत्रकारहरुले सहयोग गर्ने बताए ।
डोटीमा ८ प्रतिशत बालबालिका पूर्ण खोपबाट ड्रप आउट रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यस्तै सुदुर पश्चिम प्रदेमा २ लाख ८४ हजार ७ सय ६२ जना बालबालिकालाई दादुरा रुवेला सम्बन्धी खोप लगाइने स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।  सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लामा चैत्र १ गते देखि ३० गते सम्म सञ्चालन हुने उक्त अभियान ५ हजार २ सय खोप केन्द्र र ९ हजार ३ सय स्वयम सेवक समेत परिचालन गरिने जनाएको छ ।
९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुवेला खोप लगाउन लागिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा