एमसीसी हुबहु पारित हुनुपर्छ: देउवा

Sher B Deuba
Sher B Deuba
March 04, 10:24

धनगढी, २१ फागुन - पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
'एमसीसी जस्ताको त्यस्तै पास हुनुपर्छ यसले नेपाललाई ठुलो पैसा दिएको छ र दिइरहनेछ' उनले भने – 'यसमा हाम्रो बिरोध छैन ।' यस बिषयमा आफुहरुको सहमति रहेको बताउदै देउवाले सरकारसंग पटक पटक सल्लाह गरौंं भन्दा पनि हुन नसकेको बताए । 
सो क्रममा देउवाले पछिल्लो समय देशमा भष्ट्चार मौलाएको बताए । सुदूरपश्चिम सरकारले समेत कुनै कमनै गर्न नसकेको उनको भनाइ छ ।
 अहिले विश्वलाईनै आतङकित बनाउने किसिमले फैलिएको कोराना भाइरसबाट जोगिन सबैले सचेतता अपनाउनुपर्ने आग्रह समेत देउवाले गरे । 'अहिले खतरानाक रोगका रुपमा कोराना भाईरसले धेरैको ज्यान लिइरहेको छ यो नेपालमा पनि आउने सम्भावना रहेको छ' उनले भने, 'त्यसैले हामी सबै नेपालीहरुले पनि यसमा सर्तकता अपाउनुपर्छ ।'
उनले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलाीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा