नेपाली काङ्ग्रेस डोटीको क्षेत्रीय बैठक वाेगटानमा सम्पन्न

Congress
Congress
March 07, 10:08

डाेटी, फागुन २४ - नेपाली काङ्ग्रेस डोटीको क्षेत्रीय बैठक वाेगटान फुड्सिल गाउँपालिकामा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर दुईको क्षेत्रीय बैठक शुक्रवार वाेगटान फुड्सिल गाउँपालिकाको चवराताचाैतामा सम्पन्न भएको हो । 
क्षेत्रीय कार्यसमितिको कार्यतालिका अनुसार उक्त बैठक आयोजना गरिएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर दुईका सचिव वुद्दि सागर विनाडिले जानकारी दिनु भयो । श्रेत्रीय बैठकमा नेपाली काङ्ग्रेस डोटीका पूर्व सभापति एवम् गत निर्वाचनमा त्यस क्षेत्रबाट प्रदेश सभाका उम्मेदवार याेगेन्द्र बहादुर शाहि, क्षेत्रीय सभापति एवम् शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी, महासमिति सदस्य भूमिराज बडू, महाधिवेशन प्रतिनिधि एवम् नेपाल दलित सङ्घ डोटीका अध्यक्ष लाल बहादुर विक, पार्टी सचिव नारायण जोशी, नेपाल तरुण दल डोटीका अध्यक्ष नारायण बलायर, नेपाली काङ्ग्रेस वाेगटान फुड्सिल गाउँपालिकाका सभापति शेर बहादुर बम, नेपाल संस्कृति सङ्घका अध्यक्ष चन्द्रा साउद लगायत जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय कार्य समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा स्थानीय नेताकार्यकर्ताहरुकाे उल्लेख्य सहभागिता रहेको थियो । 
अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको  त्यस क्षेत्रका नागरिकहरूले नेताहरू कार्यकर्तामुखी हनु पर्ने र आगामी दिनमा पार्टी एक ढिक्का भएर अगाडि बढ्नु पर्ने सुझाव दिएका थिए । छलफलका क्रममा स्थानीय कार्यकर्ताले नेताहरूसँग आक्रोश व्यक्त गर्दै नेताहरू मतदाताको घर दैलोमा जसरी  समयमा पुग्ने गरिन्छ त्यसरी सधैँ पुग्नु पर्ने बताएका थिए । 
कार्यक्रममा सहभागीहरूको सुझाव तथा जिज्ञासाको जवाफ दिँदै काङ्ग्रेस नेता याेगेन्द्र बहादुर शाहिले आफू विगतमा दुई पटक निर्वाचन लडिसकेको र अागमि निर्वाचनमा आफ्नो दाबी नरहने र अरूलाई सघाउने बताउनु भयो । साथै उहाँले आफ्नो सबै जीवन राजनीतिमा बितेको र आगामी जीवन पनि राजनीतिमा बिताउने उल्लेख गर्नु भयो । त्यसै क्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सभापति सिताराम जोशीले आफू पार्टी र सङ्गठनका लागि सदैव लागि रहने फेरि पनि विभिन्न कार्यक्रमका साथ जनताको घरदैलोमा जाने प्रतिवद्दता जनाउनु भएको छ । कार्यक्रममा आफ्नो भनाइ राख्दै महासमिति सदस्य भूमिराज वडुले अहिले समयको सदुपयोग गर्दै अगाडि बढ्नु पर्ने र काङ्ग्रेसको विकल्प नेपालमा नभएको समेत बताउनु भयो । 
कार्यक्रममा नेताकार्यकर्ताकाे उल्लेख्य सहभागिता रहेको थियो । त्यसै गरी आज कार्यकर्ता भेटघाट कार्यक्रम केआइसिह गाउँपालिकाको वायलमा पनि सम्पन्न भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा