प्रदेशले वितरण गरेका एम्बुलेन्स कोरोनाका संकास्पद बिरामी बोक्न प्रयोग गरिने

Pradesh sarakar
Pradesh sarakar
March 09, 8:36


धनगढी, फागुन २६ – कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी रोकथाम, पहिचान, उपचार र व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सरकारको बैठक सम्पन्न भएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, पहिचान, उपचार र व्यवस्थापन सम्बन्धमा भएका कार्यहरुको समिक्षा समेत गरिएको छ ।
बैठकले सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्स कोरोना भाईरसको संकास्पद बिरामीलाई ओसार पसार गर्न प्रयोग गरिने निर्णय गरेको छ ।
बैठकपछि सुदूरपश्चिम प्रदेश सरकारले एक प्रेश विज्ञप्ती जारी गरी प्रदेश सरकारद्धारा वितरण गरिएका एम्बुलेन्स लगायतका अन्य एम्बुलेन्सहरु कोरोनाको संकास्पद विरामीलाई ओसार पसार गर्न प्रयोग गरिने जनाएको हो । विज्ञप्तीमा संकास्पद बिरामी ओसार पसार गर्न सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने र एम्बुलेन्सको नम्बर तथा चालकको नाम सम्बन्धित हेल्थ डेस्कमा उपलब्ध गराउने उल्लेख छ ।
बैठकले सम्पुर्ण जिल्लामा क्यारेन्टाईको लागि भवनको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालय संग समन्वय गर्ने निर्णय गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा