डोटीको गोपघाटमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु, एकै दिन ९५ जनाको उपचार 

Health Camp
Health Camp
March 14, 4:34

डोटी, चैत्र १ – डोटीको शिखर नगरपालिकाको गोपघाटमा दाँत तथा पाठेघर सम्बन्धी २ दिने निःशुल्क शिविर आजबाट सुरु भयको छ । सिताराम तेज स्मृति प्रतिष्ठान डोटीको आयोजना तथा शिखर नगरपालिकाको सहयोग र सु जङ्ग अस्पताल, सेती डेन्टल होम, शिखर पोलिक्लिनिकको प्राविधिक सहयोगमा उक्त शिविर सुरु भयको हो । 
गाउँमा बस्ने गरिब मानिसलाई सहज रूपमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष दीर्घ बलायरले जानकारी दिनु भयो । आज एक औपचारिक कार्यक्रमका बिच शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले शिविरको उद्घाटन गर्नु भयको थियो । शिविरको पहिलो दिन आज ९५ जना दाँत र ५० जना  पाठेघर खसेका बिरामीको उपचार गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । शिविर भोलि सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा