आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

Aaharara
Aaharara
March 14, 6:33

पोखरा, चैत्र १ - १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४(३ ले जित्दा अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरे। पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध वल तामाङले मात्रै गोल गर्न सके। विजेता मनाङले १० लाख र उपविजेता पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन्।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा