भारतीय अतिक्रमणमा परेको भूमि अवलोकनमा पुग्यो राष्ट्रिय जनमोर्चाको टोली

Janamorcha
Janamorcha
March 17, 7:04

कञ्चनपुर, चैत्र ४ - सीमा विवाद चुलिएको भारतद्वारा अतिक्रमित कञ्चनपुरको बेलौरी र बेल्डाडी क्षेत्रको भूमि अवलोकनमा राष्ट्रिय जनमोर्चाको टोली पुगेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टको नेतृत्वमा टोली उक्त क्षेत्रमा पुगेको हो । 
भूमि अवलोकन पश्चात् भट्टले दशगजावासीको समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताए । साथै नेपाली लालपुर्जा भएकै जमिन भारतमा परेको विषयमा दुई देशबिच भएको सहमति पुनरावलोकन हुनुपर्ने उनले बताए । 
सुदूरपश्चिम प्रदेशले योजनामा गरेको अवलोकन टोलीमा पार्टीका प्रदेश अध्यक्ष नन्दराज भट्ट, किसान महासङ्घका केन्द्रीय नेता हरिकृष्ण पाण्डे, प्रदेश कोषाध्यक्ष केशव नाथ योगी, विद्यार्थी नेता महेश जोशी, युवक नेता प्रशान्त थापा, तराई मधेसी जनवादी मोर्चाका नेता राजाराम चौधरी ट्रेड युनियनका नेता जनक कुँवर, कंन्चनपुरका सचिव अहिमान थापा, कैलाली सचिव जगत् जोशी, विद्यार्थी अन्य नेताहरू हेमराज भट्ट, महेश भट्ट, पुष्कर भट्ट, युवकका अन्य नेताहरू अमिर कुँवर, दशरथ सुबेदी, समताका नेता हर्क बिक, विद्यार्थी नेता गणेश नाथ योगी लगायत सहभागी थिए । 

Janamorcha Janamorcha JJanamorcha

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा