गगन थापाले अनुरोध गरेको हप्ता नबित्दै सुरु भयो एनटीसीको सीआरबीटीमा कोरोनाबारे सचेतना सन्देश

Gagan Thapa
Gagan Thapa
March 19, 6:38

धनगढी, चैत ६ – नेपाल टेलिकमले कोरोना भाइरसको सङ्क्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेलिकमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो । 
पटक–पटक साबुन पानीले हात धुन, व्यक्तिहरूसँग सामाजिक दुरी कायम गर्न  सन्देशमा भनिएको छ ।
टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । यसबाट सचेतना सन्देश एकै पटक आम रूपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।
धेरैलाई थाहा नहुन पनि सक्छ नेपाल टेलिकमले यो अवधारणा कसरी सुरुवात ग¥यो भने । यसको श्रेय जान्छ सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई । उनले चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशकलाई कार्यालयमै गएर भेटी कोरोना सङ्क्रमणको सतर्कताका लागि सचेतनामूलक सीआरबीटी राखिदिन अनुरोध गरेका थिए । उनले अनुरोध गरेको हप्ता नबित्दै यो सुरुवात भएको हो ।

 
यसै सन्दर्भमा उनले आज फेसबुकमा एक स्ट्याटस राख्दै भनेका छन्, ‘चैत्र २ गते नेपाल टेलिकमका कार्यकारी निर्देशकज्यूलाई कार्यालयमै गएर कोरोना सङ्क्रमणको सतर्कताका लागि सचेतनामूलक सीआरबीटी राखिदिन अनुरोध गरेको थिएँ।
तत्काल सुरु गर्ने वचन आजैबाट पूरा गरिदिनु भएकोमा वहाँलाई धेरै धन्यवाद !
सन्देशको विषय र क्रममा भने स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने छ।

CRBT

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा