कोरोना संक्रमित युवतीसँगै आएका कैलाली र कञ्चनपुरका २ जना अस्पताल भर्ना

seti hospital
seti hospital
March 26, 8:52

धनगढी, चैत्र १३ - कोरोना संक्रमित युवती आएको एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा कैलाली र कञ्चनपुर जिल्लाको रहेको पनि पाइएको छ ।
सोही जहाजमा आएकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएपछि कैलालीको धनगढीको यूवक आफ्नो भाई सहित सेती प्रादेशिक अस्पतालमा आएका छन् ।
प्रहरीले धनगढीका १ जना युवक सोही जहाजमा आएको थाहा पाएपछि बुधबार दिउँसोदेखि खोजी शुरु गरेको थियो । उनी साँझ भाईसंगै मोटरसाईकलमा अस्पताल पुगेका थिए । अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि आईसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।
डा. जोशीले उनको थ्रोट स्वाव परीक्षणका लागि विहिबार काठमाण्डौं पठाउने जानकारी दिए । त्यस्तै उनको परिवारजनलाई घरमै सेल्फ आईसोलेसनमा राखिएको जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा