कोरोना संक्रमणको आशंकामा डोटीबाट दुई जनाको स्वाब संक्लन गरी पठाइयो

Doti Hospital
Doti Hospital
March 30, 4:25

डोटी, चैत्र १७ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ । एक जना भारतको पुनाबाट ५ दिन अगाडी घर आएका ३२ वर्षीय युवा हुन् भने अर्का पनि ३३ वर्षीय युवा भारतको तेलंगना प्रदेशबाट १३ दिन अगाडी नेपाल आएका थिए ।
दुवै जना सोमबार अस्पतालको सम्पर्कमा आएका हुन् । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले सोमबार नै आइसोलेसन वार्डमा राखेको थियो ।
दुवै जनाको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा। ज्योति पाण्डेले जानकारी दिइन् । उनले भनिन् ‘हामीले दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएका छौँ, धनगढीबाट काठमाडौँ लगिनेछ दुई दिनमा रिपोट आउनेछ ।’
रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा। पाण्डेले बताइन् । डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो दोस्रो घटना हो ।
यसअघि १९ वर्षीय एक जना युवाको स्वाब परीक्षणको लागि काठमाडौँ पठाइएको थियो । उनको टिपोट नेगेटिभ आएपश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
सङ्क्रमणको आशङ्का गरिएका दुई व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको आशंकामा स्वाब परीक्षणको लागि पठाएका दुई जना भारतबाट आए पश्चात् घरमै बस्दै आएका पारिवारिक श्रोतले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा