भिडियो कन्फ्रेन्स मार्फत मुख्यमन्त्रीले लिए सुदूरपश्चिमका नौ जिल्ल्लाको जानकारी

trilochan bhatta
trilochan bhatta
March 31, 8:42

धनगढी, चैत्र १८ – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भिडियो कन्फ्रेन्सबाट प्रदेशका नौवटै जिल्लाको अवस्था बारे जानकारी लिइरहेका छन ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख लगायतसंग उनले भिडियो कन्फ्रेन्सबाट जानकारी लिएका हुन ।

मुख्यन्त्रीले क्वारेन्टाइनमा बस्नेहरुको अवस्था, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु मौज्दात रहे नरहेको वारेमा पनि चाँसो राखेका थिए । सो अवसरमा सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको अवस्था वारे पनि मुख्यमन्त्री भट्टले जानकारी लिएका थिए । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यका अधिकारीहरुले स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री, विभिन्न खालका औषधि र खाद्यान्नको अभाव हुन थालेको बताएका थिए ।

छलफलमा प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता छ । कैलालीबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहरा लगायतको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा