भारतमा सुदूरपश्चिमका दुई जनालाई कोरोना संक्रमण

Corona
Corona
April 03, 1:44

नयाँदिल्ली : कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण  भएको खुलेको छ । दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षीय पुरुष र ३५ वर्षीया महिलामा कोभिड–१९ पुष्टि भएको हो ।
नेपालको बझाङ घर भएको त्यो दम्पतीमध्ये पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो। उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन्। त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन्। दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो। दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।
ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान् र चारजना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राख्नका लागि स्थानीय केसी जनरल अस्पताल पुर्याइएको थियो। त्यहाँ तत्कालै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणमा आफूलाई मात्र कोभिड १९ संक्रमण देखिएको श्रीमानले बताए। छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए। ‘मेरो मात्र पोजिटिभ रिपोर्ट आयो, धन्न छोराछोरीमा केही देखिएन,’ उनले भने।
हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा