कैलाली र कंचनपुरमा 'र्‍यापिड टेस्ट' गर्ने सरकारको निर्णय

corona cabinet
corona cabinet
April 04, 9:22

धनगढी, चैत्र २२ - सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । 
र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।
यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला-जिल्ला आवागमनमा नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यसका लागि प्रदेश र स्थानीय तहका सरकारले प्रभावकारी काम गर्न निर्देशन दिइएको छ ।
मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउने विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णय लिने बताए ।
कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए । स्वास्थ्यकर्मीको सुरक्षामा स्थानीय प्रशासनदेखि तीनै तहका सरकारले व्यवस्था मिलाउने भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा