नयाँ बर्षलाई दीप प्रज्वलन गरी स्वागत गर्न अपील

Sarikar
Sarikar
April 06, 2:09

धनगढी, चैत्र २४ -
राष्ट्रिय सरोकार मञ्चले आउँदै गरेको नेपालीहरुको नयाँ बर्षलाई द्विप प्रज्वलन गरि मनाउन अपील गरेको छ । मंचका अध्यक्ष सोम विक्रम सिंहले द्विप प्रज्वलन गर्दै घरघरमा भएको घण्टी ,डमरू ,बिभीन्न किसिमको बाजा ,पञ्चे बाजा तथा ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नव बर्षलाई स्वागत र मनाउन आग्रह गरे। 

उनको आग्रह यस्तो छ :-
यहि आउँदो नव वर्ष २०७७ साल लाई नया तरिकाले स्वागतम गर्ने र मनाउने प्रयत्न गरौँ । नव बर्षको शुभ उपलक्ष्यमा विश्वभर छरिएर रहेका सम्पुर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना टक्राउन चाहन्छौं ।
२०७७ साल बैशाख १ गते कृष्ण षष्ठी ,सोमबार ,सम्पुर्ण तथा देश बिदेशमा रहनु भएको नेपाली जनमा आ-आफ्नो घरमा बसि आ-आफ्नै धर्म संस्कृति र मौलिक सभ्यता अनुरूप पुजा अर्चना गरि साँझ समय १६:५१ देखि १८:२७ ( बिदेशमा बस्न हुनेले समय काल मिलाई ) बजे सम्म द्विप प्रज्वलन गर्दै घरघरमा भएको घण्टी ,डमरू ,बिभीन्न किसिमको बाजा ,पञ्चे बाजा तथा ढ्याङ्ग्रो बजाउँदै र शंख फुक्दै नव बर्षलाई स्वागत र मनाउने प्रयत्न गरौं ।
यो कार्यक्रम गर्नुको मुल उध्येश्य नै नेपालको राजनीतिमा जगडिएर तथा जालो लगाएर बसेको तथा नेपाललाई ग्रस्त बनाउने भ्रष्टाचार तथा अनियमितताका साथै रोग व्याधा निर्मुल होस भनी संकल्प तथा प्रार्थना गरी मनाउने हो । तसर्थ सो कार्यक्रमले समस्त मानव समाज र विश्व सभ्यताको नै भलो हुने सोच राख्दै बिश्वभर छरिएर बसेका नेपालीले पनि यस कार्यक्रमलाई साथ दिई सफल बनाउने प्रयास गरौँ ।
बिश्वभर फैलिरहेको नेपाली जनमा नव बर्षको शुभकामना टक्राउँदै आगामी समय सुखमय ,शान्तिमयका साथै उमङ्ग तथा रमणीयका साथ बितोस् साथ साथै समाज भ्रष्टाचार मुक्त तथा रोग मुक्त रहोस् , कोरोना कोभिड-१९को सन्त्रास नफैलियोस् ,खेतीपाती उत्तम भई भोकमरी नलागोस् , समाजिक तथा धार्मिक सद्भाव कायम रहोस् , संकटको समयमा नेपालीमा एकताको भावना बलियो रहोस् ,रोगव्याधा तथा भ्रष्टाचारसँग लड्ने शक्ति तथा क्षमता मिलोस् भनी भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं । जय नेपाल !
सोम बिक्रम सिंह
कर्मनिष्ठ अभियन्ता तथा अध्यक्ष राष्ट्रिय सरोकार मञ्च नेपाल

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा