सेती प्रादेशिक अस्पतालमा ६५ जनाको नमूनामा परीक्षण, ५० जनाको रिपोर्ट नेगेटिभ

Seti
Seti
April 07, 6:58

धनगढी, चैत्र २५ – सेती प्रादेशिक अस्पतालमा हालसम्म संकलन गरिएका ६५ जनाको थ्रोट स्वावको नमूना मध्ये ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्ये चार जनाको पोजिभिट आएको छ । अन्य ११ जनाको रिपोर्ट भने आईसकेको छैन ।
सेती प्रादेशिक अस्पतालले कोरोनाको आशंका गरिएका २१ जना भने सञ्चो भएर घर फर्केको जनाएको छ । हाल सेती प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमित र एक जना आशंका गरिएका व्यक्तिको उपचार भईरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेका धनगढी हसनपुरका परिवारका ८ जना र दुई जना नातेदारमध्ये एक जना भाउजुमा मात्र संक्रमण पाईएको छ । परिवारका सदस्यहरुमा संक्रमण नभएको पाईएपनि उनका नातेदारको रिपोर्ट आईसकेको थिएन । उनलाई अस्पताल पु¥याउने एक जना भाई  र अर्को नजिकका नातेदारको पनि थ्रोट स्वाव संकलन गरीजाँचका लागि काठमाण्डौं पठाईएको थियो ।

अन्य दुई जनाको पनि रिपोर्ट नेगेटिभ आएको हो । सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेका चारै जना संक्रमितको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक प्रवक्ता डा। जगदिश जोशीले बताए ।

Seti

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा