नेपाली काङ्ग्रेस गोदावरी द्वारा खाद्यान्न हस्तान्तरण  

Congress
Congress
April 08, 6:30

धनगढी, चैत्र २६ – नेपाली काङ्ग्रेस  गोदावरी नगर समिति ले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना का कारण गरिएको लकडाउनका बेला दैनिक गुजारा गर्न असहज भएकाहरूका लागि भन्दै गोदावरी नगरपालिका मार्फत वितरण गर्ने गरी खाद्यान्न प्रदान गरेको नगर सभापति हेमप्रकाश उप्रेतीले बताउनु भयो । 
राजनीतिक र पहुँचका आधारमा मात्र राहत पाउने गरेको गुनासो जताततै भइरहेका बेला नेपाली काङ्ग्रेस गोदावरी नगर समितिले दैनिक मजदुरी गरेर खाने, आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाहरूका लागि भन्दै ४६ क्विन्टल चामल, डेढ क्विन्टल दाल , २ क्विन्टल नुन आज गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउद लाई एक समारोहका बिच हस्तान्तरण गरिएको नगर सभापति उप्रेतीले बताउनु भयो ।  राहत हस्तान्तरण गर्दै नगर सभापति उप्रेतीले  राहत पाउनु पर्नेहरूले मात्र राहत पाउने विश्वास व्यक्त गर्नु भएको छ । राहत हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस कैलाली क्षेत्र न।४ का सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका आमन्त्रित जिल्ला सदस्य सुरत कार्की ,निर्वाचन क्षेत्र ४ ख प्रदेश समिति सभापति खेम साउद , नगर सचिव तेज खड्का , गोदावरी नगरपालिका २ न वडा सदस्य कमल कडायत, नेपाल तरुण दलका नगर सभापति शंकर खडका लगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा