भारतको मुम्बईमा अछामका एकै परिवारका ८ जना नेपाली कोरोना संक्रमित

Corona
Corona
April 10, 8:34

चैत्र २८ -
मुम्बई - भारतको मुम्बईमा एकै परिवारका ८ जना नेपालि कोरोना संक्रमित भएका छन । अछाम चौरपाटि गाउपालिका ५ लुग्रा स्थाई घर भई विगत लामो समयदेखि मुम्बईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना संक्रमित भएको हो ।
खड्काले परिवारमा आफु लगाएत ८ जनामा पनि कोरोना पोजेटिभ देखिएको जानकारि दिए । अहिले संक्रमित सबै अस्पतालमा उपचारत छन भने छोरा होम क्वारेन्टाइनमा रहेको उनले बताए । परिवारीक श्रोतका अनुसार कोरोना संक्रमण देखिए पनि उनीहरु आठै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । 
खड्काले सामाजिक संजाल फेसबुक मार्फतपनि सो कुराको बारेमा जानकारि दिएका छन । विश्व महामारिको चपेटामा आफु लगाएत सिंगो परिवार परेको जानकारि दिदै उनले यसवाट बच्न सबैलाई घरबाट बाहिर ननिस्कन पनि सुझाव दिएका छन ।

Chetman khadka

चेतमान खड्का देखचेम्स ग्रुपका संचालक तथा समाजसेवि व्यक्ति हुन ।
उनले मुम्बई लगाएत भारतका विभिन्न शहरहरूमा ८४ पटकसम्म नेपाली सास्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका थिए ।यतिबेला खड्काका शुभचिन्तक , ईस्टमित्र तथा कलाकारहरूले सामाजिक संजाल तथा टेलिफोन मार्फत पनि शिघ्र स्वाथ्यलाभको कामना व्यक्त गरिरहेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा