शैलेश्वरी अस्पतालद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

sAHILESHWORI hSPITAL.
sAHILESHWORI hSPITAL.
April 23, 5:10

मनमोहन पनेरु, डोटी, वैशाख, ११ –  शैलेश्वरी अस्पताल डोटीले पत्रकार महासंघ डोटी शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अस्पतालले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि मास्क, सेनेटाइजर, ग्लोव्स र सावुन हस्तान्तरण गरेको हो ।
विश्वमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम बढ्दै गएको छ । भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पत्रकारहरू अग्रपंत्तिमा रहेर काम गरिरहेको देखेर पत्रकारको व्यक्तिगत सुरक्षाका लागि सामग्री उपलब्ध गराएको अस्पताल सञ्चालक आइजंग कुँवरले बताए ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराए पनि पत्रकारलाइ कसैले सामग्री उपलब्ध नगराएकाले अस्पतालको तर्फबाट सक्दो सहयोग गरेको बताए ।

अस्पतालले १०० पिस सर्जिकल मास्क, १०० जोडी ग्लोव्स, ५० वटा सावुन, ५० सेनेटाइजर उपलव्ध गराएको हो ।

स्वास्थ्य सामग्री गृहण गर्दै महासंघका अध्यक्ष योगेन्द्र बलायरले अस्पताल सञ्चालकलाई धन्यबाद ज्ञापन गरे । उनले अस्पतालबाट प्राप्त स्वास्थ्य सामग्रीहरू महासंघ मार्फत जिल्लामा क्रियाशिल सबै पत्रकारहरूलाई वितरण गरिने बताए । 

अध्यक्ष बलायरले कोरोना भाइरसको उच्च जोखिमा सञ्चारकर्मी रहेको बताउँदै सबै सञ्चारकर्मीहरूलाई सुरक्षित भएर , सामाजिक दुरी कायम गर्दै सूचना संकलन गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा