कोरोनालाई जितेर घर गएका व्यक्तिमा पुनः पोजेटिभ देखियो, अस्पतालमा भर्ना

Narayani hospital
Narayani hospital
May 03, 11:45

काठमाडौँ, २१ वैशाख – एक साताअगाडि निको भएर घर फर्किएका रौतहट, इशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको छ । शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएको हो । तीन भारतीय मुस्लिम धर्म प्रचारक र ती युवक गत आइतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए । कोरोना संक्रमण पोजिटिभ देखिएपछि रौतहटका युवकले गत वैशाख १ देखि नारायणी अस्पतालको आइसोलसन वार्डमा उपचार गराएका थिए ।

अस्पतालका अनुसार वैशाख १० र १३ मा कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि वैशाख १४ मा डिस्चार्ज गरिएको थियो । डिस्चार्ज हुने खबर पाएपछि युवकलाई लिन उनका आफन्त एम्बुलेन्स लिएर नारायणी अस्पताल आएका थिए । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए । अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब रि–चेक हुँदा पोजिटिभ आएको थियो । ‘डिस्चार्ज भएको दुई दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जानकारी आयो कि रौतहटका युवकको फेरि थ्रोट स्वाब संकलन गरी पठाउनू,’ नाम उल्लेख नगर्ने सर्तमा स्रोत भन्छ, ‘स्वाब लिन उनको गाउँमै पुगेको टोलीले ती युवकसहित परिवारका १३ जनाको स्वाब लिएको थियो ।’ स्रोतका अनुसार परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा