नेपालगन्जमै थपिए ७ कोरोना संक्रमित, नेपालमा ८२ जना पुगे
May 05, 8:03
नेपालगन्ज, वैशाख २३ - बाँकेको नेपालगन्जका थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
भेरी अस्पतालमा पीसीआर परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले प्रेस रिलिजमार्फत् जानकारी दिएका छन्।
जसमा ३ पुरुष र ४ महिला छन्।
नेपालगञ्ज महानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष तथा ९,३२,३४ र ५५ वर्षका महिला रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।
यसअघि नेपालगञ्जमा १६ जना कोरोना संक्रमितको पहिचानपछि उपचार भइरहेको छ। आज थपिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या २३ पुगेको छ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने उदयपुरको भुल्केमा मात्र सबैभन्दा धेरै २८ जना संक्रमित फेला परेका छन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 19, 7:45
November 03, 2:45
August 23, 8:41
November 08, 12:12
August 27, 7:22
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा