संक्रमित १७ जना एकै परिवारका, आइतबार पुष्टि भएकै व्यक्तिका परिवारका सदस्य

Naryani_Hospital_Birjung
Naryani_Hospital_Birjung
May 06, 6:18

वीरगन्ज, वैशाख २४ - वीरगन्जमा बुधबार कोभिड–१९ संक्रमण पुष्टि भएका १७ जना एकै परिवारका भएको पाइएको छ । उनीहरुकै परिवारका ३६ वर्षीय पुरुषमा आइतबार बैशाख २१ मा कोभिड संक्रमण पुष्टि भएको थियो । 

वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनका परिवार र आफन्तको गरि ३२ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जनाए । ‘सोमबार नमुना परीक्षणका लागि पठाइएको मध्ये १७ जनामा कोभिड–१९ संक्रमण देखिएको हो,’  उनले भने, ‘ती सबै एकै परिवारका सदस्य र आफन्त हुन् ।’

सोमबारदेखि उनीहरुको घर सिल गरि सेल्फ क्वारेन्टाइनमा राखिएको थियो । बुधबार संक्रमण पुष्टि भएपछि नारायणी अस्प्तालको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको डा. उपाध्यायले जनाए ।

१७ जना संक्रमितमा २ महिनादेखि ६६ वर्ष उमेर समूहका ७ महिला र १० पुरुष छन् । आइतबार संक्रमित पुष्टि भएका व्यक्तिका बुवा, आमा, दाजु, भाई, भाउजु, छोरो र भतिजामा संक्रमण पुष्टि भएको हो ।

आइतबार संक्रमण देखिएका ३६ वर्षीय पुरुषले हालसम्म आफ्नो यात्रा विवरण बताएका छैनन् । ‘स्वाब थ्रोट परीक्षणमा कोभिड १९ पुष्टि भएपछि उनले रिर्पोट नै गलत आएको दाबी गरेका थिए,’ मेसु डा.उपाध्यायले भने, ‘उनले हालसम्म आफ्नो यात्रा विवरण खुलाएका छैनन् ।

यात्रा विवरण नखुलाए पनि उनीसँग सम्पर्कमा आएका परिवार र आफन्तको कन्ट्याक्ट ट्रेसिङका आधारमा थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको उपाध्यायले बताए । वडामा राहत वितरणका लागि बनाइएको सर्वदलीय समितिमा उनी नेकपाबाट सदस्य थिए । उनले राहत वितरण पनि गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा