दिल्लीमा रहेका बैतडीका एक युवामा कोरोना संक्रमण

Corona
Corona
May 08, 3:33

धनगढी – भारतको दिल्लीमा रहेका बैतडीका एक युवामा कोरोना संक्रमण देखिएको छ । दिल्लीको आजादपुर मण्डीमा जेसीए ट्रेडर्स नामक फलफुल कम्पनीमा कार्यरत बैतडीको दोगडा केदार गाउँपालिका ९ चडेपानी (बगौरा) घर भएका २३ वर्षीय रमेश दत्त भट्टलाई कोरोना संक्रमण देखिएको हो ।

लकडाउनका बेला पनि काम गरीरहेका उनमा रुघाखोकी र श्वासप्रश्वासमा अप्ठेरो भएपछि चार दिनअघि उनको थ्रोट स्वाब संकलन गरिएको थियो ।

बिहीबार उनको थ्रोट स्वाबको नमूना पोजिटिभ आएको उनीसँगै दिल्लीमा रहेका दत्तराज भट्टले बताए । रमेशलाई बिहीबार राती नै दिल्लीको राम मनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा