आज संक्रमण पुष्टि भएका तीन जनाको पहिलो रिपोर्ट नेगेटिभ, संका लागरेर पछि जाँच गर्दा पोजेटिभ आयो

corona
corona
May 09, 11:38

विराटनगर, बैशाख २७ - उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।

शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि संकलन गरिएको थ्रोट स्वाब ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो ।

रि–स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । ‘उहाँहरुको रि–स्वाब संकलन गरिएको हो,’  डाक्टर मेहताले भने, ‘उहाँहरुमा पहिले नेगेटिभ देखिएको थियो ।’
यसअघि ५ बैशाखमा उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ६ बैशाखमा १ जना तथा ८ र ९ बैशाखमा थप १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

१७ दिनयता उदयपुरको भुल्केमा संक्रमण देखिएको थिएन । भुल्केको दैनिकी पनि सामान्य अवस्थामा फर्कदै थियो । तर अहिले थप तीन जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ लाई झस्काएको छ ।

भुल्केबाट मात्र २३७ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको थियो । कोशीमा आएका स्वाबमध्ये शनिबार बिहानसम्म आधा नमुनाको परीक्षण सकिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

भुल्केमा संक्रमण पुष्टि भएका १४ डिस्चार्ज

कोरोनाको हटस्पट उदयपुरको भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३४ पुगेको छ । उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका २८ मध्ये १४ जना उपचारपछि निको भएका छन् ।

कोरोना मुक्त भएपछि कोशी अस्पताल कोभिड९१९ उपचार केन्द्रबाट शुक्रबार ८ जना र बुधबार ६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा