डा आरजु राणा देउवाको पहलमा धनगढीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तारन्तरण

Arju
Arju
May 24, 2:25

धनगढी, ११ जेठ – सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा बरिष्ठ समाजसेवी डाक्टर आरजु राणा देउवाको पहलमा धनगढीका तीन वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।
धनगढी उप–महानगरपालिका मातहतका फुलवारी स्वास्थ्य चौकी , उर्मा स्वास्थ्य चौकी र बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्री सुरक्षित मातृत्व सञ्जाल महासंघ जिल्ला शाखा कैलालीका अध्यक्ष बिनय लामाले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन ।
सुरक्षित मातृत्व सञ्जाल महासंघका केन्द्रिय अध्यक्ष डाक्टर देउवाले यो स्वास्थ्य सामाग्री आम सुरक्षा कार्यक्रम अन्तरगत निःशुल्क प्रसुती सेवामा काम गर्ने स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने बताईन । यस अघि देउवाकै पहलमा सेती प्रादेशीक अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । धनगढी उप–महानगरपालिका भित्रका बिपन्न सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण तथा खाद्यान्न समेत बरिष्ठ समाजसेवी देउवाको पहलमा वितरण गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा