दिल्पेश्वर क्वारेण्टाइनमा योगाभ्यास, रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षा

Yog
Yog
May 27, 2:43

मनमोहन पनेरू, डोटी, जेठ १४ – दिपायल सिलगढी नगरपालिका वडा नं २ ले स्थापना गरेको क्वारेण्टाइनमा योगाभ्यास गरिदै आएको छ । वडाध्यक्ष राजेन्द्र खड्काको समन्वयमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलको सहयोगमा योगाभ्यास गराईएको हो ।
क्वारेण्टाइनमा बसेकाहरुको शारिरिक व्यायम पनि हुने, रोग प्रतिरोधात्मक क्षमता पनि पढ्ने र मनोरञ्जन पनि हुने भएकाले योगा अभ्यास गराउने गरेको वडाध्यक्ष राजेन्द्र खड्काले बताए । योगाभ्यास गराईएको दिल्पेश्वर आधारभुत विद्यालयमा स्थापित क्वारेण्टाइनमा ६९ जना बस्ने गरेका छन् ।
आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रशिक्षकले दैनिक विहान १ घण्टा योगाभ्यास गराउने गरेकाछन् । शरिलाई तन्दुरुस्त राख्न योगा संगै औषधिहरु पनि वितरण गरिएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलका प्रमुख दिव्या घिमेरले बताइन् । उनले योगा अभ्यासले शरिरमा अक्सिजनको मात्रा समेत बढ्ने भएकाले योगा सबैका लागि आवस्यक रहेको बताइन् ।
क्वारेण्टाइनमा बसेकाहरु तनावमा देखिएकाले उनिहरुलाई तनावमुक्त गर्न शरिरको रोग प्रतिरोधात्मक क्षमता योगभ्यास गराइएको योग प्रशिक्षक रमेश नाथले बताए । उनले कोरोना भाइरस कोभिड १९ संग लड्न ५ वटा आशन, सुर्य नमस्कार जस्ता योगअभ्यास गराइएको बताए ।
क्वारेण्टाइनमा बसेकाहरुमा एलर्जि, ग्यास्टिक जस्ता समस्याहरु देखिएकाले औषधिहरु पनि वितरण गरिएको प्रशिक्षक नाथले बताए । शिखर समाचार संगको कुराकानीमा नाथले इम्युनिटी पावर बढाउनका लागि हसोगन्धा, सिलाजित, सितोप्लाजी स्वर्ण जस्ता साइडइफेक्ट नगर्ने आयुर्वेद औषधिहरु वितरण गरिएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा