आफ्नो चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै नेता साउदद्वारा दुःख व्यक्त

NP Saud
NP Saud
May 29, 7:49

धनगढी, जेठ १६ - नेपाली काँग्रेसका नेता एनपी साउदले चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । सुदूरपश्चिमलगायतका अन्य स्थानहरूमा कोरोना र प्रवासबाट भित्रिने नेपाली नागरिकको समस्या, सीमा तथा देशको समसामयिक वस्तुस्थितिका बारेमा छलफलका लागि प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गर्न गएको विषयलाई  अपव्याख्या गरेर चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन् । 
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘म र नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको प्रधानमन्त्रीज्यूसँग बालुवाटारमा भएको बजेट, सुदूरपश्चिमलगायतका अन्य स्थानहरूमा कोरोना र प्रवासबाट भित्रिने नेपाली नागरिकको समस्या, सीमा तथा देशको समसामयिक वस्तुस्थितिका बारेमा छलफलका लागि भएको भेटघाटलाई अपव्याख्या गरेर चरित्र हत्या हुने गरी दूषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको प्रति अत्यन्तै गहिरो दुःख लागेको छ ।
यस्तो पीत पत्रकारिता र अनलाइनको दुरुपयोगतर्फ सबै नियामक एजेन्सीहरू र सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छु । साथै समस्त शुभचिन्तकहरूलाई पीत पत्रकारिताले सिर्जना गरेको भ्रममा नरहन पनि आग्रह गर्दछु ।
जय नेपाल !’

NP Saud

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा