आमाबुबासँगै भारतको मुम्बईबाट हिजो डडेल्धुरा पुगेका बालकको आज विहान क्वारेन्टिनमै मृत्यु

Swab Collect
Swab Collect
May 31, 9:25

डडेल्धुरा, जेठ १८ डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनी आमा बुबासँगै भारतको मुम्बईबाट शनिवारमात्र फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

बालकको स्वास्थ्यमा समस्या आएको खबर पाउने बित्तिकै उपचारका लागि डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै उनको मृत्यु भएको न्यौपानेले बताए।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बालकलाई अस्पताल ल्याउँदा मृत्यु भइसकेको जानकारी दिए। परिवारका अनुसार बालकलाई मलेरियाबाट संक्रमित थिए।

नव दुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बहादुर बिष्टले बालक विगत २ वर्षदेखि विरामी रहेको बताए। उनले आइतवार बिहान तीन बजेतिर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए। उनले शनिवारमात्रै धनगढीबाट फर्किएका उनीहरुलाई एक दिनका लागि त्यहाँ राखेर आज अन्यत्रकै क्वारेन्टाइनमा राख्ने तयारी गरिएको समेत जानकारी दिए।

अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा