डडेल्धुराका सङ्क्रमित सरकारी कर्मचारीले पनि जिते १० दिनमा कोरोनालाई

Dadeldhura hospatil
Dadeldhura hospatil
June 01, 1:16

धनगढी, जेठ १९ - सुदूरपश्चिममा छैटौँ व्यक्तिले कोरोना भाइरस लाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवकले १० दिनमै कोरोनालाई जितेका हुन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको दुई पटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदिश विष्टले बताए। 

सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यो सँगै सुदूरपश्चिममा कोरोनाको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ६ पुगेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुष सोही ठाउँकी ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीकी ६१ वर्षीय महिला यसअघि नै कोरोनालाई जितेर घर फर्किसकेका छन्।

यस्तै अछामका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकोमा उनी १६ दिनमा कोरोनालाई जितेर घर फर्किसकेका छन्। उनको भने प्रदेश बाहिरको बलम्बु अस्पतालमा उपचार भइरहेको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा