कञ्चनपुरबाट उद्धार गरिएका मजदुरलाई दैलेख पुगाएर फर्किदै गरेको बस दुर्घटना, चालकको मुत्यु

Buss accident
Buss accident
June 03, 9:07

कञ्चनपुर, जेठ २१ - कञ्चनपुरबाट उद्धार गरिएका मजदुरलाई दैलेख पुगाएर फर्किदै गरेको बस दुर्घटनामा पर्दा चालकको मुत्यु भएको छ। जिल्लाको गुराँस गाउँपालिका–४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा सहचालक घाइते भएका छन्। कञ्चनपुरको गड्डा चौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक लगेर गएको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। बसका सहचालक घाइते भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए। बुधवार साँझ करिब पाँच बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा मुत्यू हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका–५ का ४० वर्षीय चालक कल्याणसिंह बोहरा रहेको प्रहरी प्रमुख वलीले बताए। घाइते हुनेमा सहचालक भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय जयरा अवस्थी रहेका छन्। बस के कारणले दुर्घटनामा परेको खुलेको छैन। घाइते सहचालकलाई उपचारका लागि सुर्खेत लगिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा