डोटीमा क्वारेन्टाइनमै जन्मिए दुई शिशु

doti-quaramtone
doti-quaramtone
June 04, 12:28

डोटी : डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।

दिपायल सिलगढी नगरपालिका-२ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरालाई जन्म दिएको वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उता शिखर नगरपालिका- ३ नकुराला घर भएकी सार्कीले बिहीबार बिहान ५ बजेर ३० मिनेटमा छोरा जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य इकाइ इन्चार्ज हरिष शाहले जानकारी दिए ।

भारतको राजस्थानबाट जेठ १२ गते गीता आउजी श्रीमान अमर आउजी र एक बच्चाका साथ घर फर्किएकी थिइन भने पूजाले १५ जेठमा  भारतको मुम्बैबाट श्रीमान गगन सार्कीसँगै आएकी थिइन् ।

उनीहरुलाई क्वारेन्टाइनमै अलग्गै सुरक्षितसँग राखिएको छ । अहिले दुबै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । यसअघि पनि जेठ १६ गते शिखर नगरपालिका १ कपल्लेकीकी २७ वर्षीया मञ्जु खातीले सोहि वडामा रहेको क्वारेन्टाइनमा छोरालाई जन्म दिएकी थिइन् ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा