मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार लुकाउने पक्राउ

Arrest
Arrest
June 04, 3:41

पर्सामा सशस्त्र प्रहरीले २२ लाख ४८ हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान साढे नौं बजे छिपहरमाई गाउँपालिका ४ मा बिओपी भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ना ४३ प २८०२को नम्बरको मोटरसाइकलमा जाँच गरेको थियो।

सशस्त्रले सो मोटरसाइकलको ट्याङ्कीमा २२ लाख ४८ हजार रूपैयाँ लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो। सशस्त्र प्रहरीका प्रवक्ता तथा डिआइजी प्रविनकुमार श्रेष्ठका अनुसार ती व्यक्तिमा शंका लागेर जाँच गर्दा अवैध रकम फेला परेको हो। ‘विहान शंका लागेर जाँच गर्दा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरिएको छ’ उनले भने।

सशस्त्रले बहुदरमाई नगरपालिकाका २५ वर्षीय प्रकाश साहलाई नियन्त्रणमा लिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा